चितवन-नेपालको पहिलो मनकामना केवलकार अब डिजिटल प्रविधिमा सञ्चालन हुने भएको छ । २६ वर्षदेखि मनकामना केवलकार एनालग प्रविधिबाट सञ्चालन हुँदै आएको थियो ।
अब केवलकार डिजिटल प्रविधिमा रूपान्तरण भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए । स्तरोन्नतिका लागि असार ३१ गतेदेखि केवलकार सेवा बन्द थियो ।
अष्ट्रियाको डोम्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सकिएको हो । २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केवलकार सञ्चालनमा छ ।














