काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा एकजना महिला उपसभापति अनिवार्य गर्ने भएको छ । सोमबार अपरान्हबाट सुरु भएको केन्द्रीय समिति बैठकमा यस्तो सहमति जुटेको हो ।
बैठकले उपसभापति तीनजना रहने र त्यसमध्ये एकजना महिला अनिवार्य रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले अरु पदमा पनि महिलाको सहभागिता सुनिश्चित गरिएको बताए ।
दुईजना सह महामन्त्री र सह प्रवक्ता दुईजना राख्दा एक जना महिला निर्वाचित गर्ने प्रावधानमा पनि सहमति जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला मंगलबारबाट काठमाडौँमा सुरु हुँदैछ ।














