विराटनगर-नेपाली कांग्रेसले सोमवारको प्रदेश सभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेपछि कांग्रेस बैठक बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेकाले बैठक बहिष्कार गर्ने निर्णय भएको निवर्तमान मुख्यमन्त्री कार्कीले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । कार्की २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।