काठमाडौँ-सरकारले हवाई भाडादर अनुगमन गर्न कार्यदल गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा गृह मन्त्रालय वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य राखिएका छन् । मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेका अनुसार कार्यदलले यथाशीघ्र प्रतिवेदन बुझाउनेछ ।
यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट तथा कारोबजारी अध्ययन र अनुगमन गरी कार्यदलले सरकारलाई सुझाव दिनेछ ।