इटहरी-प्रदेश सरकारका काम कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने गरी बनेको कांग्रेस एमालेको दुई दलीय संयन्त्रले पहिचान पक्षधर राजनीतिक शक्ति र समूहसँग वार्ता गरी उपयुक्त निर्णय लिने भएको छ ।
शुक्रबार बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग वार्ता गरी उपयुक्त विकल्प खोज्ने निर्णय गरेको हो । बैठकमा काङ्ग्रेस एमाले दलीय संयन्त्रका नेता, कोशी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री सहभागी थिए ।
बैठकले चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने समेत निर्णय गरेको छ । आफैँले ल्याएको बजेट संशोधन गर्न मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई असजिलो भइरहे पनि अन्तत शुक्रबारको बैठकबाट बजेट संशोधन गर्ने निष्कर्षमा दुई दल पुगेका छन् ।
प्रदेश सरकारका प्रवक्ता मन्त्री भूपेन्द्र राईले प्रदेशको नामाकरणविरुद्ध असन्तुष्ट रहेका आन्दोलनरत पक्षसँग वार्तामा बसेर उपयुक्त निर्णय गर्ने तयारी भएको बताए ।


















