दमक-मोरङको उर्लाबारीमा शुक्रबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रदेश १-०२-०४५ प २४६० नम्बरको स्कुटर दुर्घटना हुँदा उर्लाबारी-५ का ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको हो ।
स्कुटर स्टार्ट गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले स्कुटर भित्तामा ठोकिएको बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो । लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।