काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल अचानक बिरामी भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति पौडेललाई आज बिहान प्राेस्टेट सम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपति पौडेललाई उपचारका लागि भर्ना गरिएको बताए ।


















