बिर्तामोड-झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न समुदायका विद्यार्थीलाई स्कूल ब्याग वितरण गरेको छ ।
झापाको कमल गाउँपालिका-७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विद्यार्थीलाई सहकारी संस्थाले बिहीबार स्कूल ब्याग वितरण गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले उक्त विद्यालयका १०० विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएको जानकारी दिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराई सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्रका १० हजार भन्दाबढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य राखिएको बताउँछन् ।
वडाध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रधानाध्यापक मीनादेवी लावती लगायतले बोलेका थिए ।