झापा-दशैंको दुई सातामा झापामा भएकाे सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दशैं अवधिको यो समयमा एकै दिन चार जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले घटस्थापनादेखि असोज ३० गतेसम्म भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको जनाएको हो ।
वरिष्ठ प्रहरी नायब निरीक्षक अर्जुन सोडारीले छ जना पुरुष र एकजना महिलाको दुर्घटनामा मृत्यु भएको बताए । उनका अनुसार दशैंको टीकाका दिन सबैभन्दा बढी १० वटा दुर्घटना भएका थिए ।
ट्राफिक कार्यालयका अनुसार असोजमा ११ जनाले ज्यान गुमाएका छन् । नाै पुरुष र दुई महिला सहित ११ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार असोजमा १८० वटा दुर्घटना भएका छन् ।