हेटौँडा-अज्ञात समूहले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ३ स्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ ।
मोटरसाइकलमा सिन्धुलीतर्फ जाने क्रममा हरिहरपुरगढी गाउँपालिका ६ स्थित हप्सेमा प्रधानाध्यापक प्रेमबहादुर बमजनमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोली लागेर घाइते भएका बमजनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बम्जनले प्रयोग गरेको हेल्मेटको दायाँतर्फबाट गालामा गोली लागेको बताए । प्रहरीले घटनामा संलग्न अभियुक्तको खोजी गरिरहेको छ ।