काठमाडौँ-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्तालाई भ्रम छर्ने प्रवृत्ति विरुद्ध कडा प्रतिवादमा उत्रिन निर्देशन दिनुभएको हो ।
बैठकमा ओलीले पूर्व उपाध्यक्ष भीम रावलले तल्लो स्तरमा झरेर गालीगलौज गरेको जनाउँदै प्रतिवाद गर्न नेताहरूलाई निर्देशन दिनुभयो । रावललाई एमालेले कारबाही गरेर निकालेको थियो ।