काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब जनतामा जाने बताएका छन् । सरकारबाट बिजेताका रुपमा बाहिर आएको जनाउँदै अध्यक्ष प्रचण्डले जनताका मुद्दामा पार्टी केन्द्रीत हुने बताएका हुन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा गएकाहरुमा पराजित मानसिकता व्याप्त रहेको आरोप लगाए ।
‘हामी सरकारबाट विजेताको रुपमा हामी बाहिर आएका छौँ । जो सरकारमा गएका छन्, उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रमक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ’, अध्यक्ष प्रचण्डले भने ।















