२ असार २०८२, सोमबार | Tue Jun 17 2025

सभापति लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने तयारी



झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा र काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । सभापति रवि लामिछाने पक्राउ विरुद्ध उक्त पार्टीले प्रदर्शनको तयारी गरेको हो ।

शुक्रबार सभापति लामिछानेलाई प्रहरीले पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । पक्राउ गरिएका लामिछानेलाई गएराति नै पोखरा लगिएको छ ।

कास्की जिल्ला अदालतले दिएको पक्राउ अनुमतिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।

सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा पेश गरिँदै छ । अदालतमा पेश गर्नु पूर्व नै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शनको तयारी गरेको हो ।

शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुङ्गा र काठमाडौँको माइतीघर मण्डलामा राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि भन्दै विरोध प्रदर्शन गर्न लागिएको छ ।

सभापति लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगी प्रकरणमा मुद्दा चलाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ००:००  ८ : ४२ बजे