१ असार २०८३, सोमबार | Mon Jun 15 2026

३०० जना विपन्न नागरिकको बीमा गरिदिने नगर प्रमुख गोम्देनको घोषणा



बिर्तामोड-झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनले विपन्न समुदायका तीनसय जना नागरिकको बीमा गरिदिने घोषणा गरेका छन् ।

स्वास्थ्य संस्थामा विपन्न नागरिकको पहुँच स्थापित गर्ने गरी नगर प्रमुख गोम्देनले उनीहरूको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका हुन् ।

एक व्यक्ति एक बीमा कार्यक्रमको थालनी गर्दै नगर प्रमुख गोम्देनले आफ्नो परिवारजनको स्मृतिमा स्वास्थ्य बीमा गरिने बताएका छन् ।

विपन्न नागरिकको स्वास्थ्य बीमाका लागि दाता संस्थासँग पनि समन्वय गरिने नगर प्रमुख गोम्देनले बताए । सरकारले स्वास्थ्य बीमा बापत ३५०० लिँदै आएको छ ।

एक जनाले ३५०० तिरेपछि एक वर्षसम्म १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार निशुल्क उपलब्ध हुने व्यवस्था छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार ००:००  ८ : १३ बजे