झापा-नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार भएको वृद्धिपछि सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको हो ।
छापावाला सुन प्रतितोला १ लाख ५० हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । तेजाबी सुन भने १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।














