५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा



झापा-निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी मङ्सिर १६ मा ४४ पदका लागि निर्वाचन हुँदैछ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारी र व्यवस्थापनका काम पूरा हुँदै गएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए ।

मतपत्र छपाई र ढुवानी सम्बन्धी निर्णय बाहेक अरु सबै बाँकी काम सम्पन्न भएको प्रवक्ता सापकोटाले जानकारी दिए । उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

निर्वाचन आयोगले आवश्यक तयारी र व्यवस्थापनका लागि भन्दै सरकारसँग २० करोड बजेट मागेको थियो । मागे भन्दा ८ करोड रुपैयाँ कम बजेट सरकारले उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  ८ : ५१ बजे