झापा-निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सुरक्षा व्यवस्था भरपर्दो र प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
बैठकले उपनिर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको निर्वाचन आयुक्त सगुन शम्शेर जबराले बताए ।
बैठकले निर्वाचन आचारसंहिता पालनामा जोड दिँदै कार्यान्वयन भए नभएको सन्दर्भमा गम्भीरतापूर्वक अनुगमन गर्न पनि आग्रह गरेको छ ।
मङ्सिर ५ देखि मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न पनि निर्वाचन आयोगले भनेको छ ।


















