७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

झापा प्रहरीद्वारा ३५३ जना फरार अपराधी पक्राउ



बिर्तामोड-अपराधका विभिन्न घटनामा संलग्न भई फरार रहेकामध्ये ३५३ जना अपराधीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

अदालतको आदेश कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको हो ।

पक्राउ परेका सबै अपराधीलाई अदालतमा पेश गरिएको र आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका प्रतिवादीले १४१ वर्ष ६ महिना २ दिन कैद सजाय भुक्तान गर्ने छन् । उनीहरूबाट ४ करोड ४० लाख ९२ हजार २७८ रूपैयाँ जरिवाना पनि असुल हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार ००:००  ७ : ३९ बजे