संखुवासभा-संखुवासभाको मादी नगरपालिका-१ स्थित प्रहरी चौकी मङ्गलबारे मादी मूलखर्कको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी चन्द्रकुबेर खापुङले बुधबार नवनिर्मित प्रहरी भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा डीआइजी खापुङले प्रहरी चौकीका लागि जग्गा उपलब्ध गराउने स्थानीयदाता बुद्धिनारायण कार्कीलाई सम्मान गरेका छन् । कार्यक्रममा प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोशी प्रदेश सरकारको नियमित बजेटबाट अढाई तल्ले सुविधा सम्पन्न प्रहरी भवन निर्माण भएको हो । १ करोड ४४ लाख ३० हजार रूपैयाँको लागतमा भवन बनेको जनाइएको छ ।