८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

स्वास्थ्यका लागि अर्जुनधारा नगरपालिकालाई ११ करोड ४० लाख



बिर्तामोड-झापाका चारवटा स्थानीय तहले आधारभूत स्वास्थ्य सेवाका लागि संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढी बजेट प्राप्त गर्ने भएका छन् ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाको स्तरोन्नति, पूर्वाधार निर्माण र व्यवस्थापन, उपकरण खरिद लगायतका लागि स्वास्थ्य मन्त्रालयले उक्त बजेट उपलब्ध गराउन लागेको हो ।

मन्त्रालय स्रोतका अनुसार अर्जुनधारा नगरपालिकाले ११ करोड ४० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । बिर्तामोड नगरपालिकाको भागमा ३ करोड ५९ लाख परेको छ ।

बुद्धशान्ति गाउँपालिकाले २ करोड ९ लाख र कनकाई नगरपालिकाले ३ करोड १४ लाख प्राप्त गर्न लागेका हुन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार ००:००  ९ : २२ बजे