बिर्तामोड-नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजले २५ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
फाेनिज झापा शाखाको आयोजनामा झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरूको अवस्था र पहुँच विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
रजत वर्षको अवसरमा आयोजित अन्तरक्रियामा सहभागी वक्ताले राज्यका निकायबाट आदिवासी जनजाति पत्रकारले अपेक्षाकृत सहयोग पाउन नसकेको बताएका छन् ।
कार्यक्रममा फाेनिज झापाका संस्थापक अध्यक्ष दीपिन राईले प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल पत्रकार महासङ्घ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले टिप्पणी गरेका छन् ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य र झापा शाखाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा फाेनिज केन्द्रीय सदस्य सुजता लिम्बू, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार सुब्रत न्यौपाने, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, फोनिजका पूर्व अध्यक्ष इन्द्रजित मुखिया, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु दाहाल लगायतले आफ्नो धारणा राखेका थिए ।
फाेनिज झापाका सचिव तिलक योन्जनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

















