२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

बिर्तामाेड नगरपालिकाले घटायाे वेरुजु



बिर्तामोड-बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।

यो आर्थिक वर्ष ०७८/७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको वेरुजु १२.१२ प्रतिशत थियो ।

२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए ।

बिर्तामोडमा सैद्धान्तिक बेरुजु, नियमित गर्नु पर्ने बेरुजु, प्रमाण पेश गर्नु पर्ने बेरुजु, असुलउपर गर्नु पर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् ।

अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै लगिएको र यसलाई शुन्यमा झार्ने रणनीतिका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ००:००  ८ : ३२ बजे