राजविराज-मेची महाकाली राष्ट्रिय उद्धार यात्राले शुक्रबार मधेस प्रदेश अन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार गरेको छ । राजविराज नगरपालिका र सप्तकोशी नगरपालिकाबाट उनीहरूको उद्धार गरिएको हो ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा एक साता अघिदेखि यात्रा सञ्चालन भइरहेको छ । शनिबार जनकपुरधाम क्षेत्रमा उद्धारको कार्यक्रम छ ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा भन्ने भावनासहित उद्धार यात्रा सुरु गरिएको बताए ।