९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

पार्टीको जितलाई केन्द्रबिन्दुमा राखेर उपनिर्वाचनमा खटिन कांग्रेस कार्यकर्तालाई निर्देशन



झापा-नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको जितलाई केन्द्रबिन्दुमा राख्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका उम्मेदवारलाई जिताउने गरी एकताबद्ध भएर चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न कांग्रेसले यस्तो निर्देशन दिएको हो ।

पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत जुटाउने गरी परिचालित हुन निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री एवम् समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै बलियो बनाउने गरी लाग्ने निर्णय गरेको छ ।

बैठकले सबै राजनीतिक दलहरूलाई उपनिर्वाचनमा हार्दिकताका साथ प्रस्तुत हुन, स्वच्छ र मर्यादित रूपमा प्रतिस्पर्धा गर्न अपिल गरेको महामन्त्री शर्माले बताए ।

रिक्त रहेका स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । दलहरू उम्मेदवार छान्ने र मतदाता रिझाउने अभियानमा लागिरहेका छन् ।

निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेसले आफ्नो पार्टीका उम्मेदवारको जित हासिल हुने गरी परिचालित हुन नेता कार्यकर्तालाई सार्वजनिक रुपमै निर्देशन दिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ७ : ५० बजे