१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

लुक्ला विमानस्थलमा दुई दिनदेखि उडान बन्द



सोलुखुम्बु– लुक्ला विमानस्थलमा दुई दिनदेखि उडान बन्द भएको छ । प्रतिकूल मौसमका कारण उडान रोकिएको हो ।

मौसममा आएको खराबीका कारण सोमबारदेखि कुनै उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

आइतबार मात्रै ८०० भन्दा बढी पर्यटक लुक्लामा भित्रिएका थिए । तर, सोमबारदेखि भने उडान बन्द भएको हो । मङ्गलबार पनि कुनै उडान हुन नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहले लुक्ला जान मन्थली पुगेका १३०० भन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार ००:००  ७ : ५० बजे