१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

६० किलो सुन तस्करी प्रकरणका दुई अभियुक्त पक्राउ



काठमाडौँ-सुन तस्करीका दुई अभियुक्त पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका ३२ वर्षीय मनोज श्रेष्ठ र रूपक भण्डारी रहेको अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा नेपाल भारत सीमा क्षेत्रबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : ०६ बजे