झापा-प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएको हो । प्रधानमन्त्री अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका भेटघाटका कार्यक्रम स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मंगलबार अत्यावश्यक बाहेक अन्य कुनै पनि भेटघाटका कार्यक्रम राखिएको थिएन ।
















