भद्रपुर– झर्रो नेपाली आन्दोलनका अगुवा एवम् भाषाविद् साहित्यकार चूडामणि रेग्मीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको परिवारजनले जनाएको छ ।
रेग्मीलाई बेहोश अवस्थामा अस्पताल भर्ना गरिएको थियो । उपचारपछि साहित्यकार रेग्मीलाई खाना खुवाउन थालिएको छ भने उनी ह्वीलचेयरमा बस्न सक्ने भएका छन् ।
नाति रबिन रेग्मीले हजुरबुवाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाउँदै मुखबाट खान सक्ने र ह्वील चेयरमा राख्न मिल्ने भएको बताए ।
साताअघि मस्तिष्कघात भएपछि साहित्यकार रेग्मीलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थियो ।


















