२ असार २०८२, सोमबार | Tue Jun 17 2025

गल्ती गर्नेमाथि कारबाही गर्नु पर्दा मान्छेको अनुहार हेर्दिन : प्रधानमन्त्री ओली



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा आफू स्पष्ट रहेको बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार नहेर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विषयमा राखिएको प्रश्नमा प्रधानमन्त्री ओलीले न्यायालयको कामलाई दबाब र झुटको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित नहुने बताए ।

संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ गरिएको विषय उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दोष र निर्दोषको फैसला अदालतले गर्ने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार ००:००  ८ : १८ बजे