३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

आफ्नै घरमा लागेको आगो निभाउँदा राई घाइते



फिदिम– आगलागी नियन्त्रणमा खटिएका फिदिम नगरपालिका-२ का जयप्रकाश राई गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो आफ्नै घरमा आगो लागेपछि उनी निभाउन खटिएका थिए ।

शरीरका विभिन्न भाग जलेका राईको स्वास्थ्य अवस्था गम्भीर छ । पाँचथरमा उपचार सम्भव नभएपछि उनलाई झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घरभित्र राखिएको ग्यास पड्किएपछि आगलागी भएको हो । आगलागीबाट राईको घर पूर्णरूपमा जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनीलाल साहले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ००:००  ८ : ०४ बजे