१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

मेची आँखा अस्पतालमा कानको उपचार सेवा सुरु (भिडियोसहित)



झापा– पूर्वी नेपालको एउटा भरपर्दो स्वास्थ्य प्रतिष्ठान मेची आँखा अस्पतालले कानको उपचार सेवा सुरु गरेको छ । सोमबारदेखि अस्पतालमा कानको उपचार सेवा उपलब्ध भएको हो ।

अस्पताल आफैँले जनशक्ति उत्पादन गरी सेवाग्राहीको सुविधाका लागि कानको उपचार सेवा प्रारम्भ गरेको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बताए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले अस्पताल परिसरमा कान जाँच कक्षको उद्घाटन गरेकी छन् । उनले सर्वसुलभ शुल्कमा कानको उपचार सेवा प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

आँखा जाँचका लागि आउने बिरामीलाई लक्षित गरेर सेवा सुरु गरिएको हो । ‘सेवाग्राहीको सहजताका लागि कानको उपचार सुरु गरेका छौँ, अध्यक्ष गुरुङले भने, ‘केही समयपछि शल्यक्रियाको समेत सुविधा उपलब्ध हुनेछ ।’

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ००:००  ९ : १४ बजे