२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

दानावारीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



दानाबारी (इलाम)- इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो ।

झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवका अनुसार मोटरसाइकलमा तीनजना सवार थिए ‌। तीमध्ये कार्कीको घटनास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका विनोद लिम्बु र रोशन लिम्बु गम्भीर घाइते भएका छन् । दुवै जनाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ००:००  १२ : ३१ बजे