- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– झापाको गौरीगञ्जबाट बलात्कार अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।
२०७४ साल जेठ ३ गते १४ वर्षीया एक बालिकालाई सोही ठाउँको गहते जङ्गलमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि बालिकालाई बेहोस बनाएर उनी फरार भएका थिए ।
उदयपुरबाट फरार भएर भारततर्फ भागेको र प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि उनले आवेदन दिएका थिए ।
छनौट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
बलात्कार मुद्दामा दोषी ठहर गर्दै उदयपुर जिल्ला अदालतले २०७७ साल मङ्सिर २३ गतेउनलाई ९ वर्ष जेल सजाय र एक लाख रुपैंया पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
अर्कै नागरिकता बनाएको आशङ्कामा पनि उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।