१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रसाईंको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति



बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाले बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरेको छ ।

अस्पतालका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर कार्यकारी निर्देशक प्रसाईले चार दिनअघि पत्रकारसँग भिडेर जाने अभिव्यक्ति दिएका थिए ।

अस्पतालका विषयमा पत्रकारले भ्रमपूर्ण समाचार प्रकाशन गरिरहेको र त्यसविरुद्ध पत्रकारसँग भिड्ने कार्यकारी निर्देशक प्रसाईकाे अभिव्यक्ति विवादित भइरहेका बेला महासंघले आफ्नो धारणा सार्वजनिक गरेको हो।

कार्यकारी निर्देशक प्रसाईको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध भएको महासङ्घको ठहर छ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार ००:००  ८ : ०४ बजे