- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाले बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरेको छ ।
अस्पतालका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर कार्यकारी निर्देशक प्रसाईले चार दिनअघि पत्रकारसँग भिडेर जाने अभिव्यक्ति दिएका थिए ।
अस्पतालका विषयमा पत्रकारले भ्रमपूर्ण समाचार प्रकाशन गरिरहेको र त्यसविरुद्ध पत्रकारसँग भिड्ने कार्यकारी निर्देशक प्रसाईकाे अभिव्यक्ति विवादित भइरहेका बेला महासंघले आफ्नो धारणा सार्वजनिक गरेको हो।
कार्यकारी निर्देशक प्रसाईको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध भएको महासङ्घको ठहर छ।


















