४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न नदिने समाजवादीका प्रवक्ता खतिवडाकाे घाेषणा



बिर्तामोड– नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न नदिने बताएका छन् ।

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले यस्तो बताएका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले सत्ताबाट जाँदाजाँदै गिरी बन्धु टी स्टेटको जग्गा बेचबिखन गर्न दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ००:००  ९ : ५१ बजे