झापा– सर्पले डसेका झापाको बाह्रदशी–१ भागडुब्बाका मानबहादुर थापाको उपचारका क्रममा हिजो अपरान्ह मृत्यु भएको छ । ५५ वर्षीय थापालाई घरको कोठामा दिउँसो साढे एक बजे कालो गोमन सर्पले डसेको थियो ।
उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अपरान्ह ४ बजे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी चार बजे मात्रै उपचारका लागि मेची अस्पताल पुगेका हुन् ।
- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
















