१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सर्पले डसेर बाह्रदशीमा एक जनाको मृत्यु




झापा– सर्पले डसेका झापाको बाह्रदशी–१ भागडुब्बाका मानबहादुर थापाको उपचारका क्रममा हिजो अपरान्ह मृत्यु भएको छ । ५५ वर्षीय थापालाई घरको कोठामा दिउँसो साढे एक बजे कालो गोमन सर्पले डसेको थियो ।

उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अपरान्ह ४ बजे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी चार बजे मात्रै उपचारका लागि मेची अस्पताल पुगेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार ००:००  ९ : ०१ बजे