१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

काँकडभिट्टा नाकामा कोरोनाको जोखिम



विजय बराल
काँकडभिट्टा– पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आउने र भारत जानेको संख्या क्रमशः बढदै गएको छ । तर, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको प्रभावकारी पालना भने भएको छैन् ।

भारतबाट नेपाल प्रवेश गर्न नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्र र एन्टीजेन परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । दैनिक ६० जना चेक गर्दा सरदर ५ जनामा कोरोना भेटिएको चेकजाँचमा संलग्न स्वास्थ्यकर्मी बताउँछन् ।

सीमामा होल्डिङ सेन्टर पनि पाल टाँगेर बनाइएको छ, जुन प्रभावकारी देखिँदैन । संक्रमितलाई सम्वन्धित नगर तथा गाउँपालिकाको सिफारिसमा एम्वुलेन्समा पठाउने गरेको पाइन्छ । ७२ घण्टाको पीसीआर रिपोर्ट देखाएको खण्डमा सिधैँ प्रवेशको अनुमति दिने गरिएको छ ।

खोप लगाएको प्रमाण पेश गरेकालाई नाकाबाट प्रवेश दिइएको छ । नाकामा खटिएका सुरक्षाकर्मी सामान्य मास्क लगाएर बसेका छन् । भारतबाट आयात भएका सामग्री सिँधै बजारमा गइरहेका छन् । भन्सार अधिकारीहरु त्यस्ता सामानलाई सेनिटाइज गर्न सम्भव नहुने बताउँछन् ।

मालबाहक सवारीका चालक तथा सहचालक सबैले खोप पाएका छैनन् । यसले पनि भन्सार नाकामा उनीहरु जोखिममा छन् । भारतले सीमा नाकामा कडाई गरेको छ । तर, उताबाट विना चेकजाँच मान्छे आउने गरेका छन् । पर्यटक भन्दा पनि नेपालका आँखा अस्पतालमा उपचार गराउन आउने भारतीय नागरिकको संख्या अत्याधिक छ ।

 

कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, २३ सय संक्रमित थपिए

व्यवसायिक दवाव थेग्न नसकेपछि झापामा बजार खुला

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ००:००  १० : १० बजे