- इक्यान झापाद्वारा विपद् राहतमा १० लाख सहयोग
- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
झापा– मोरङको धनपालथान गाउँपालिका–स्थ्ति सिटिजन्स बैंक शाखामा भएको लुटपाटमा संलग्न भारतीय नागरिक बिजय सहनी भारतमा साथी मारेर नेपाल आएको खुलेको छ । भारतमा साथी मारेर फरार रहेका उनी बैँक लुटपाटमा लागेका हुन् ।
दशैँको मुखमा असोज २५ गते कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार लुटपाट भएको थियो । मोरङ प्रहरीका अनुसार कटहरीमा बस्दै आएका सहनीमाथि एक वर्षअघि भारत अररिया जिल्लाका २५ वर्षीय शिवशंकर कुमार सिन्टुको गोली हानी हत्या गरेको आरोप छ ।
२०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो । हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए ।
सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको थियो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहँदै आएका हुन् । प्रहरीका अनुसार सहनी बसेको फर्मबाट बैंक लुटपाटको योजना बनेको थियो ।


















