वाणिज्य संघका अध्यक्ष शिवोकाटी र वरिष्ठ उपाध्यक्ष न्यौपाने प्रहरी नियन्त्रणमा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड- बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जनालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिका कार्यालय अगाडि हुलहुज्यत गर्न थालेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नगरपालिकाको गेट भत्काउन खोजेकाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित ११ जनालाई नियन्त्रणमा लिइएको बिर्तामोड प्रहरीका डीएसपी रुगमबहादुर कुँवरले बताउनु भयो ।
पक्राउ पर्नेमा सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी, संगीता न्यौपाने, तुलसा तामाङ, निरु अधिकारी, एकता कडरिया विष्टलगायत छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले निरन्तर नगरपालिका घेराउ गर्दै आएका छन् ।
दुई दिनअघि नगरपालिका कार्यालयमा तोडफोड गर्ने र विद्युत सेवा अवरुद्ध गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।