- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
- एमाले कार्यदलको प्रतिवेदन अन्तिम चरणमा, सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी
- ३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु
- पूर्वेली ढुवानी सेवाद्वारा उत्कृष्ट चालकलाई सम्मान : बोनम्यारो पीडित बालकलाई ११ हजार सहयोग
बिर्तामोड- बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जनालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिका कार्यालय अगाडि हुलहुज्यत गर्न थालेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नगरपालिकाको गेट भत्काउन खोजेकाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित ११ जनालाई नियन्त्रणमा लिइएको बिर्तामोड प्रहरीका डीएसपी रुगमबहादुर कुँवरले बताउनु भयो ।
पक्राउ पर्नेमा सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी, संगीता न्यौपाने, तुलसा तामाङ, निरु अधिकारी, एकता कडरिया विष्टलगायत छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले निरन्तर नगरपालिका घेराउ गर्दै आएका छन् ।
दुई दिनअघि नगरपालिका कार्यालयमा तोडफोड गर्ने र विद्युत सेवा अवरुद्ध गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।


















