- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामोड- झापाको कनकाई–६ चम्पापुरमा चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षय कोष घोषणा गरिएको छ । स्थानीय समाजसेवी चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले आफूहरु जीवित छँदै ३० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हो ।
कोष व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी–ईश्वरादेवीका छोरा एकराज उप्रेतीले अक्षय कोषको घोषणा गर्नुभयो । अक्षय कोषको व्याजबाट हरेक बर्ष विभिन्न चार विधामा जनही ५१ हजार रुपैयाँ राशिको पुरस्कार वितरण गर्ने लक्ष्य राखिएको छ ।
अक्षय कोषका संरक्षक चिरञ्जीवी उप्रेतीले सभ्य, सुखी र सुन्दर समाजको निर्माण गर्न योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको कदर र सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताउनुभयो ।
कोषको रकमबाट कनकाई नगरक्षेत्र भित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारीलाई पुरस्कृत गरिनेछ ।
कनकाई नगरपालिका भित्रका एकजना उत्कृष्ट कृषक र झापा जिल्लाभित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एकजना पत्रकारलाई जनही एकाउन्न हजार रुपैँयाका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा. आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाईका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले उप्रेती परिवारको सामाजिक कार्यले कनकाईको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कनकाई नगरका उपप्रमुख आशा शर्मा शिवाकोटीले उप्रेती परिवार पहिलादेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएको र अहिले अक्षयकोष स्थापना गरी थप पुण्यको काम गरेको बताउनुभयो ।


















