- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
कनकाई– दिव्यपथ महिला सरोकार समाजको आयोजनामा जेठ १८ देखि २८ गतेसम्म झापाको माइधारमा शिवमहापुराण विराट ज्ञान महायज्ञ हुने भएको छ । सरोकार समाजले आज बिहान पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको हो ।
सरोकार समाजले सञ्चालन गरिरहेको सरस्वती कन्या गुरुकुलको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गरिएको समाजकी अध्यक्ष बृन्दादेवी बरालले बताउनु भयो ।
‘गुरुकूलका लागि चाहिने जमिन व्यवस्थापन गर्ने उद्देश्य राखेर ज्ञान महायज्ञ आयोजना गरेका छौँ’, अध्यक्ष बरालले भन्नुभयो ।
कन्या गुरुकुलमा योग, ध्यान र साधनालाई प्राथमिकतामा राखिएको अध्यक्ष बरालले बताउनु भयो । महायज्ञ सम्पन्न गर्न २० देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
२०७६ असार ३ मा स्थापना भएको गुरुकुलमा १६ जना विद्यार्थी छन् । ९ देखि १८ वर्षका बालिकाले गुरुकूलमा संस्कृत साहित्य अध्ययन गरिरहेका छन् ।
आवासीय व्यवस्थापन नहुँदा गुरुकुल सञ्चालनमा समस्या देखिएकाले आवश्यक जग्गा र पूर्वाधारका लागि समाजले महापुराण आयोजना गरेको प्रवक्ता छविरमण निरौलाले बताउनु भयो ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको प्रमुख संरक्षकत्वमा ज्ञान महायक्ष सञ्चालन हुन लागेको हो । महायज्ञमा प्रवर ईश्वरकृष्ण महाराजका मुखारबृन्दबाट शिव महापुराणको कथा बाचन हुनेछ । आचार्य पण्डित छविरमण निरौलाले मूल पाठपारायण गर्नु हुनेछ ।
यज्ञ सम्पादन मूल समारोह समितिका संयोजक चन्द्रप्रसाद खनालले कन्या गुरुकूलका लागि आवश्यक जग्गा थप गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको बताउँदै सबैको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
जेठ १८ गते बिहान ११ बजे दिब्य बाजागाजासहित शोभा यात्रा सुरु हुने समाजकी सचिव नैनकला भट्टराईले जानकारी दिनुभयो ।
















