• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. कन्या गुरुकुलका लागि माइधारमा जेठ १८ देखि शिवमहापुराण
 कन्या गुरुकुलका लागि माइधारमा जेठ १८ देखि शिवमहापुराण
समाज

कन्या गुरुकुलका लागि माइधारमा जेठ १८ देखि शिवमहापुराण

by Speak १५ जेष्ठ २०७९, आईतवार १८:५२
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


कनकाई– दिव्यपथ महिला सरोकार समाजको आयोजनामा जेठ १८ देखि २८ गतेसम्म झापाको माइधारमा शिवमहापुराण विराट ज्ञान महायज्ञ हुने भएको छ । सरोकार समाजले आज बिहान पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको हो ।

सरोकार समाजले सञ्चालन गरिरहेको सरस्वती कन्या गुरुकुलको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गरिएको समाजकी अध्यक्ष बृन्दादेवी बरालले बताउनु भयो ।

‘गुरुकूलका लागि चाहिने जमिन व्यवस्थापन गर्ने उद्देश्य राखेर ज्ञान महायज्ञ आयोजना गरेका छौँ’, अध्यक्ष बरालले भन्नुभयो ।

कन्या गुरुकुलमा योग, ध्यान र साधनालाई प्राथमिकतामा राखिएको अध्यक्ष बरालले बताउनु भयो । महायज्ञ सम्पन्न गर्न २० देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

२०७६ असार ३ मा स्थापना भएको गुरुकुलमा १६ जना विद्यार्थी छन् । ९ देखि १८ वर्षका बालिकाले गुरुकूलमा संस्कृत साहित्य अध्ययन गरिरहेका छन् ।

आवासीय व्यवस्थापन नहुँदा गुरुकुल सञ्चालनमा समस्या देखिएकाले आवश्यक जग्गा र पूर्वाधारका लागि समाजले महापुराण आयोजना गरेको प्रवक्ता छविरमण निरौलाले बताउनु भयो ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको प्रमुख संरक्षकत्वमा ज्ञान महायक्ष सञ्चालन हुन लागेको हो । महायज्ञमा प्रवर ईश्वरकृष्ण महाराजका मुखारबृन्दबाट शिव महापुराणको कथा बाचन हुनेछ । आचार्य पण्डित छविरमण निरौलाले मूल पाठपारायण गर्नु हुनेछ ।

यज्ञ सम्पादन मूल समारोह समितिका संयोजक चन्द्रप्रसाद खनालले कन्या गुरुकूलका लागि आवश्यक जग्गा थप गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको बताउँदै सबैको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

जेठ १८ गते बिहान ११ बजे दिब्य बाजागाजासहित शोभा यात्रा सुरु हुने समाजकी सचिव नैनकला भट्टराईले जानकारी दिनुभयो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.