- सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु
- सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले
- युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
बिर्तामोड–नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलले फोहोरमैला व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको विषयलाई प्राथमिकता दिन बिर्तामोडका जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ ।
झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिको सपथ ग्रहण समारोहलाई आज दिउँसो सम्वोधन गर्दै उहाँले बिर्तामोडका यी दुई समस्याका विषयमा पर्याप्त ध्यान केन्द्रीत गर्न सार्वजनिकरुपमा अनुरोध गर्नु भएको हो ।
‘बिर्तामोडमा फोहोरमैला व्यवस्थापनको विषय जटिल छ यसमा कसैले राजनीति नगरौँ’, खरेलले भन्नुभयो, ‘सबैको साझा प्रयत्नले मात्रै यसको समाधान निस्किन सक्छ ।’
खरेलले जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सुगन्धमय बन्न सक्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय आवश्यकताका आधारमा योजना बनाउँदै राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर काम गर्न सबै निर्वाचित जनप्रतिनिधिलाई सुझाव पनि दिनुभयो ।
बिर्तामोडको फोहोरमा कसैले राजनीति गर्नु नहुने बताउँदै नेता खरेलले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।



















