१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

मादक पदार्थ पिएर बाबुआमाको हत्या



ताप्लेजुङ— फक्ताङलुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बुले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् ।

२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिए ।

मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए । स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटामात्रै घर रहेका छन् । घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए । आइतराज भेडीगोठमा बस्ने गर्थे ।

एक साताअघि मात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  ३ : १० बजे