• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाज
  3. लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय
 लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय
समाज

लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय

by Speak १७ मंसिर २०७८, शुक्रबार २०:४५

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


मेचीनगर- झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका झापाका तीन जना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ ।

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा. गोपाल सेडाई, मेचीनगर–३ बाहुनडाँगीका व्यावसायिक कृषक प्रधान किसान र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई पुरस्कृत गर्ने भएको हो ।

प्रतिष्ठानको आज बसेको प्रतिभा छनौट समितिको बैठकले उहाँहरुलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष एवम् छनौट उपसमितिका संयोजक हरिचरण बानियाँले जानकारी दिनुभयो ।

दुई वर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र उहाँको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु. १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।

कोषको व्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई जनही रु. ३१ हजार नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ ।

उत्कृष्ट प्रतिभा पुरस्कार डा. सेडाईलाई
यसवर्षको उत्कृष्ट प्रतिभा पुरस्कार डा. गोपाल सेडाईलाई प्रदान गरिने भएको हो । डा. सेडाई झापाको मेचीनगर नगरपालिका वडा नं. ११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुनुहुन्छ । उहाँले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गर्नुभएको थियो । उहाँले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गर्नुभएको हो ।

उहाँ हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक हुनुहुन्छ भने ग्रान्डी इन्टरनेसनल हस्पिटल लगायतका अस्पतालमा समेत उपचार सेवा प्रदान गर्नुहुन्छ । आइएस्सी अध्ययनका क्रममा उहाँले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँका ६० भन्दा बढी शोधहरु अमेरिका, चीन, कोरिया, जापान लगायतका मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

उत्कृष्ट कृषि पुरस्कार प्रधान किसानलाई
यसवर्षको उत्कृष्ट कृषि पुरस्कार मेचीनगर–३ बाहुनडाँगीको दोकानडाँडा निवासी ५६ वर्षीय प्रधान किसानलाई प्रदान गरिने भएको छ ।
उहाँ नेपालकै लोपोन्मूख एवम् झापामा मात्र पाइने किसान समुदायका अगुवा हुनुहुन्छ । नेपालमा आदिबासी वर्गमा पर्ने किसान समुदायको जनसंख्या पाँच सयको हाराहारीमा रहेको मानिएको छ ।

उहाँ किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला हुनुहुन्छ । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवम् अग्ग्र्यानिक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गर्नुभएको उहाँको संघर्षशील एवम् उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट गृहिणी पुरस्कार ज्ञानु खड्कालाई
मेचीनगर–७ मा ८६ वर्षीया सासु रत्नमाया र ९४ वर्षीय ससुरा मानबहादुर खड्काको स्याहार र पारिवारिक व्यवस्थापनमा असल बुहारीको रुपमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुकी ३७ वर्षीया बुहारी ज्ञानु खड्कालाई यसवर्षको उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
बुहारी ज्ञानु खड्काले बुढ्यौली र अनेक रोगले थलिएकी सासु र प्रोस्टेटको शल्यक्रियापश्चात पिसाबको थैली शरीर बाहिर बोकेर हिँड्नु पर्ने अवस्थाका ससुराको नियमित स्वास्थ्य हेरचाह र पालनपोषणमा कुनै गुनासो आउन नदिई सेवा गरिरहनु भएको छ ।
…………

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.