- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
ताप्लेजुङ–नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग २० हजार रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।
पक्राउ परेका लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।