- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– मोरङको धनपालथान गाउँपालिका–स्थ्ति सिटिजन्स बैंक शाखामा भएको लुटपाटमा संलग्न भारतीय नागरिक बिजय सहनी भारतमा साथी मारेर नेपाल आएको खुलेको छ । भारतमा साथी मारेर फरार रहेका उनी बैँक लुटपाटमा लागेका हुन् ।
दशैँको मुखमा असोज २५ गते कर्सियास्थित सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार लुटपाट भएको थियो । मोरङ प्रहरीका अनुसार कटहरीमा बस्दै आएका सहनीमाथि एक वर्षअघि भारत अररिया जिल्लाका २५ वर्षीय शिवशंकर कुमार सिन्टुको गोली हानी हत्या गरेको आरोप छ ।
२०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो । हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए ।
सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको थियो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहँदै आएका हुन् । प्रहरीका अनुसार सहनी बसेको फर्मबाट बैंक लुटपाटको योजना बनेको थियो ।