बिर्तामोड–झापाको अर्जुनधारा-६ स्थित महानन्द चोक नजिक गएराति एक जना मासु पसलेको हत्या भएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरकाे शव भेटिएको हाे।
मगर मासु व्यवसायमा संलग्न थिए । उनकाे शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले घटनाको पुष्टि गर्दै मगरको हत्या भएको बताए ।
‘मृतकको घाँटीमा समेत गहिरो चोट देखिएकाले कसैले काटेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ’, डीएसपी आचार्यले भने, ‘हामी रातभर घटनास्थलमा छौं, अनुसन्धान सुरु भइसकेको छ।’
राती १० बजे घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगेकाे थियो। अर्जुनधारा-६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको हाे ।
- इक्यान झापाद्वारा विपद् राहतमा १० लाख सहयोग
- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत


















