बिर्तामोड– झापाको अर्जुनधारा-7 स्थित पुष्पलाल मार्गको एउटा घरमा आज अपराह्न भएको आगलागीमा तीन जना घाइते भएका छन् । स्थानीय रोमनाथ खनालको घरमा आगलागी भएको हो । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
आगलागीमा घरधनी खनालसहित उनकी श्रीमती दुर्गा र छोरो पङ्कज घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा बिर्तामोड नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














