बिर्तामोड– झापाको अर्जुनधारा-7 स्थित पुष्पलाल मार्गको एउटा घरमा आज अपराह्न भएको आगलागीमा तीन जना घाइते भएका छन् । स्थानीय रोमनाथ खनालको घरमा आगलागी भएको हो । नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
आगलागीमा घरधनी खनालसहित उनकी श्रीमती दुर्गा र छोरो पङ्कज घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा बिर्तामोड नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


















